जगदिशपुर ताल
जगदीशपुर जलाशय, कपिलवस्तु जिल्ला को उत्तरी क्षेत्रमा अवस्थित, जिल्लाको गौरव, पहिचान र समृद्धिको महत्वपूर्ण आधार हो। करिब १५७ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर जलाशय नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो। यो जलाशय वि.सं. २०४५ तिर मुख्य रूपमा सिंचाइ प्रयोजनका लागि निर्माण गरिएको थियो। कपिलवस्तु नगरपालिका–९ मा अवस्थित यस तालमा जैविक विविधता अत्यन्तै समृद्ध छ। यहाँ विभिन्न प्रजातिका वनस्पति, माछा, चराचुरुङ्गी तथा अन्य वन्यजन्तु पाइन्छन्। यसले धेरै जीवजन्तु र वनस्पतिका लागि महत्वपूर्ण बासस्थान प्रदान गर्नुका साथै संरक्षण र पर्यावरणीय दृष्टिले पनि विशेष महत्व राख्दछ।